२०८२ असार २
                           

लायन्स कप फ्रेन्ड्ली फुटबल टूर्नामेन्ट’ चौथो संस्करणको टाई-शीट सार्वजनिक

लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटीको आयोजनामा चौथो संस्करणको ‘लायन्स कप फ्रेन्ड्ली फुटबल टूर्नामेन्ट’ आगामी जेठ ९ र १० गते चौतारा टुँडिखेलमा सञ्चालन हुने भएको छ।

प्रतियोगितामा ३० वर्ष उमेर नाघेका खेलाडीहरू मात्र सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। साथै, विगत पाँच वर्षभित्र कुनै पनि राष्ट्रिय, जिल्ला वा पालिकास्तर को फुटबल प्रतियोगितामा सहभागिता जनाएका खेलाडीहरूलाई टिममा समावेश गर्न नपाइने प्रावधान राखिएको छ।

सार्वजनिक टाई-शीट अनुसार, सहभागी टिमहरू:
– जुगल आरएम (स्टाफ्स)
– सिन्धु इन्जिनियरिङ सोसाइटी
– चौतारा सांगाचोकगढी नगरपालिका (स्टाफ्स)
– बैंक इन्स्योरेन्स माइक्रो फाइनान्स क्लब
– टीचर्स एसोसिएसन सीएसजीएम
– लायन्स क्लब अफ केटीएम सिन्धु चौतारा सिटी
– रोयल्स फ्यामिली चौतारा
– एफएनजे सिन्धुपाल्चोक
– भीन्तुना स्पोर्ट्स एकेडेमी
– चौतारा स्पोर्टिंग क्लब
– कर्मचारी मिलन केन्द्र

प्रतियोगिताको टाई-शीट

प्रतियोगिता स्थानीय खेलाडीहरूलाई फुटबल मार्फत साथीभाव बढाउन आयोजित गरिएको हो। प्रतियोगिता सफल पार्न क्लबले विभिन्न खेल समूहहरूलाई सहकार्यका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्