२०८२ भाद्र १३

कुविण्डेका १५ जना महिलाहरू सिलाई तालिममा सहभागी हुदै

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका–४ को कार्यालयको आयोजनामा सञ्चालन हुन लागेको ३ महिने सिलाई कटाई तालिम कार्यक्रमको उद्घाटन समारोह बिहीबार  सम्पन्न भएको छ।
महिला सशक्तीकरण र आत्मनिर्भरतामा लक्षित यो तालिममा १५ जना महिलाहरूको सहभागिता रहेको छ। कार्यक्रममा वडा सदस्य वीरबहादुर तामाङ ले तीन महिना सम्म निरन्तर तालिमपछि सहभागीहरूले केही उपलब्धि हासिल गर्ने अपेक्षा व्यक्त गर्दै तालिम सञ्चालनमा सहयोग पुर्‍याउने नगरपालिका र आयोजकलाई धन्यवाद व्यक्त गरेका छन्।

कार्यक्रममा नगर उपप्रमुख सीता थापाले तालिमका लागि करिब ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै, अबका दिनमा तालिम मात्र सञ्चालन गरेर सीमित नराखी, प्राप्त सीपलाई व्यवहारिक र व्यवसायिक बनाउने योजनामा नगरपालिका अघि बढ्ने बताइन्।

वडा अध्यक्ष कुमार शर्माले भने थोरै मानिसको सहभागितामा प्रभावकारी तालिम सञ्चालन गरिने उल्लेख गर्दै, सहभागीहरूलाई  प्राप्त सीपलाई व्यवसायिक क्षेत्रमा रूपान्तरण गर्न शुभकामना समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्