२०८२ असार ३
                           

उपसभापति दोर्जे लामाद्वारा बृद्धाश्रममा खाद्यान्न सहयोग

चौतारा, सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकका उपसभापति तथा समाजसेवी दोर्जे लामाले आफ्नो जन्मदिनको अवसरमा चौतारा वृद्धाश्रम सेवा समितिमा खाद्यान्न सामग्री सहयोग गरेका छन्।

भोटेकोशी गाउँपालिका निवासी लामाले बिहीबार चौतारा नगरपालिका–५ मा अवस्थित वृद्धाश्रममा आश्रित १५ जना वृद्धवृद्धा तथा कर्मचारीलाई भोजन गराउनुका साथै खाद्यान्न सामग्री समेत हस्तान्तरण गरेका हुन्।

सहयोग स्वरूप उनले चामल, दाल, चिनी, बिस्कुटलगायत आवश्यक सामग्री वृद्धाश्रम व्यवस्थापनलाई प्रदान गरे।

पार्टी प्यालेसमा खर्चिने फजुल खर्च कटौती गर्दै मानवीय सेवामा लाग्ने उद्देश्यले यस्तो कार्य गरेको लामाले बताए। नेपाली काँग्रेसबाट सक्रिय राजनीतिमा रहेका लामाले अघिल्ला वर्षहरूमा पनि सामाजिक सेवाका विविध क्षेत्रमा योगदान दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्