सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका सडक आश्रित बालबालिका मुक्त स्थानीय तह घोषणा भएको छ ।
सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको गत बैशाख ५ को पत्रानुसार मेलम्ची नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सडक आश्रित बालबालिकाको खोज तथा पुनःस्थापनाको व्यवस्थापन गरिएको थियो ।
सो आधारमा नगरपालिकाले पनि बैशाख १० गते सबै वडाहरूमा पत्राचार गरिएको थियो । साथै वडास्तरीय छलफल मार्फत आफ्ना क्षेत्रमा कुनै पनि सडक आश्रित बालबालिका नरहेको निष्कर्ष निकालेको हो । यो संगै नगर कार्यपालिकाको बैठकले मेलम्ची नगरभित्र कुनै पनि सडक आश्रित बालबालिका नरहेको पुष्टि गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रद्वारा हस्ताक्षरित पत्रमा मेलम्ची नगरपालिकाले बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय सगैँ जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्र्रिय महासंघलाई समेत सडक आश्रित बालबालिका मुक्त स्थानीय तह भएको घोषणा गरेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्