२०८२ असार ३
                           

उद्योग तथा बाणिज्य सिन्धुपाल्चोकले मनाए विश्व उपभोक्ता अधिकार दिवस

सिन्धुपाल्चोक  – स्वच्छ प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार भन्ने मूल नाराका साथ उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकले विश्व उपभोक्ता अधिकार दिवस मनाएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले  पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निरिक्षण अधिकृतको रुपमा जिम्मेवारी प्रदान गरिएको बताए । अनुगमनको लागि स्थानीय सरकार र प्रदेश सरकारलाई अधिकार दिएको बताउदै थापाले सुरक्षाको लागि जिल्ला प्रशासनले आवश्यक व्यवस्था मिलाउने बताए । उपभोक्ता हित र सेवा प्रदायक संस्थाहरुले पनि राज्यको कानुनलाई पालना गर्न गराउन सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा प्रजिअको जोड थियो ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठले बजारमा सवैभन्दा वढी अखाद्य बस्तुहरु बिलासीका वस्तुहरुमा पाइने गरेको बताए । उनले पछिल्लो चरण बर्थडेको नाममा प्रयोग हुने केकमा सन् २०१८ मा बनेको सामग्री प्रयोग भईरहेको अवस्थामा अनुगमन टोलीले फेला पारी कार्वाही समेत गरिएको सुनाए । उनले खाद्यन्न पसलहरुमा औषधी र मदिराजन्य पदार्थहरु समेत बिक्रि भइरहेको भन्दै यसको कडा अनुगमन गर्न माग गरे ।

उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुराकी बखरेलले उपभोक्ता अधिकार ऐन, उत्पादक, बिक्रेता र उपभोक्ताको दायित्व, सम्वन्धमा पावर प्वाइन्टमा प्रस्तुत गरेका थिए । उनले सिन्धुपाल्चोक जिल्लामा सञ्चालित कार्यक्रम र गतिबिधीहरुको सवालमा समेत सवैलाई जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष धु्रव दंगालले ठूला घरानाको नियन्त्रणमा बजार रहेको भन्दै अनुगमनको पार्टलाई फराकिलो बनाएर जानुपर्ने कुरा सुझाए । उनले बजारलाई खुला र प्रतिस्पर्धी बनाउँदै उपभोक्ता शिक्षालाई प्रभावकारी बनाउन माग गरे ।

बिश्व उपभोक्ता महासंघका सिन्धुपाल्चोक अध्यक्ष सुवास गौतमले उपभोक्ता अधिकारको ज्ञान चेतनाको कमीका कारण कैयौं पटक ठगिने गरेको बताए । नेपालको संबिधान २०७२ को धारा ४४ को मौलिक हकको सवालमा अधिकार प्रयोग र कार्यान्वयनबारे तीन तहकै सरकारले चासोका साथ लिएर बढ्नुपर्ने आवश्यकता औल्याए ।

उपभोक्ता हितको सवालमा जिल्ला लघु उद्यमी संघ सिन्धुपाल्चोककी अध्यक्ष सानु माया सुरुङ र नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव हरिकुमार श्रेष्ठले आवाज उठाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्