२०८२ असार ३
                           

सिन्धुपाल्चोक वार इकाइको अध्यक्षमा भुपेन्द्र तामाङ निर्वाचित

सिन्धुपाल्चोक । नेपाल वार एशोसियसन, सिन्धुपाल्चोक जिल्ला अदालत वार इकाइको अध्यक्षमा भुपेन्द्र तामाङ थिङ निर्वाचित भए् । उनले निकटतम प्रतिद्धन्दि यज्ञ प्रसाद दंगाललाई तिन मतान्तरले पछि पार्दै विजेता हाशिल गरेको हो । थिङले १३ मत पाएका थिए भने दंगालले १० मत पाएका थिए । १ मत भने बदर भएको प्रमुख निर्वाचन अधिकृत  जिल्ला न्यायधिवक्ता शान्ति प्रसाद शर्माले बताए ।

उपाध्यक्षमा सुरज ढकाल, सचिवमा नानि लक्ष्मी थापा र कोषाध्यक्षमा प्रेम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । ढकाल र थापा निर्विरोध निर्वाचित भएका हुन् ।कोषाध्यक्षमा मधुकर मल्लको ९ र प्रेम कुमार श्रेष्ठले १५ मत पाएका थिए ।

त्यसैगरी महिला समितिको संयोजकमा सुनिता तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।सदस्यहरुमा उद्वव अधिकारी, हरीप्रसाद सुवेदी, नवीन घिमिरे,ग्यालसाङ शेर्पा र मोहनराज गिरी निर्विरोध निर्वाचित भएका हुन् ।

केन्द्रीय प्रतिनिधिमा हरीबहादुर सुवेदी र विष्णुप्रसाद धिताल निर्विरोध निर्वाचित भएका छन् । महिला समितिको सदस्यमा रिना तामाङ र अन्जना अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्