सिन्धुपाल्चोक। पाँचौ लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रैल रेस प्रतियोगिता –२०८१ सम्पन्न भएको छ । नेपाली सेनाको इन्द्रध्वज गण तथा भोटेकोशी गाउँपालकाद्वारा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लवका कास राई प्रथम, सोही क्लवका होमलाल श्रेष्ठ द्वितीय र करण राउतले तृतीय स्थान हासिल गरेका थिए ।प्रथम हुने राईले २ घण्टा ८ मिनेट,दोस्रो हुने श्रेष्ठले २ घण्टा १० मिनेट र राउतले २ घण्टा १३ मिनेटमा २४.५ किमिको दुरी पार गरेका थिए । विजयी खेलाडीहरुले क्रमस १ ख १० हजार, ७५ हजार र ५० हजार नगद तथा प्रमाण–पत्र प्राप्त गरेका थिए।
प्रतियोगिताको महिला तर्फको बिधामा भने त्रिभुवन आर्मी क्लवका सुनसरी रोकाय प्रथम, जुम्लाको कल्पना बुढा द्वितीय र खोटाङकी पृती राईले तृतीय स्थान हासिल गरेकी थिइन । उनिहरुले पनि ७० हजार,५० हजार र ३० हजार नगद तथा प्रमाण–पत्र प्राप्त गरेका थिए।भोटेकोशी गाउँपालिका स्तरीय प्रतिश्पर्धामा। भने कुमार तामाङ,मोहन भण्डारी र फुर्वा तामाङले प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका थिए। उनिहरुले ३० हजार,२० हजार र १५ हजार नगद पुरस्कार तथा प्रमाण–पत्र प्राप्त गरेका थिए।
विजयी खेलाडीहरुलाई नेपाली सेना उपत्यका पृतना पति उपरथी विष्णु राउत,२६ नं.बाहिनी पति सहायक रथी अशोक गुरुङ , भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा, प्रमुख जिल्ला अधिकारी किरण थापा,भोटेकोशी गाउँपालिका वडा नं ३का अध्यक्ष निमा सोना शेर्पा र इन्द्रध्वज गणका गणपति धर्मेन्द्र भण्डारी, भोटेकोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक दाहाल लगायतकाले पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरेका थिए । लार्चा स्थित ड्राइपोटवाट सुरुभएको रेश लिस्तीकोट हुदै दुईगुना गढी सम्मको २४.५ किमी पार गरेका थिए ।पृतना पति उपरथी विष्णु राउत, जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ र भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले रिवन काटेर उद्घाटन गरेका थिए
प्रतिक्रिया दिनुहोस्