२०८२ असार २
                           

स्टाईल सूजको अफर : एकजोर किन्दा एक लाखसम्म उपहार

काठमाडौँ, ४ असोज । नेपालीका दुई ठूला चाड दशैं र तिहारलाई लक्षित गर्दै स्टाइल सुज कम्पनीले नयाँ अफर ल्याएको छ ।  दसैं र तिहारलाई लक्षित गर्दै स्टाईल सुजले विभिन्न अफर ल्याएको हो ।

नयाँ अफरअनुसार एकजोर जुत्ता खरिदमा एक सयदेखि एक लाख रुपैयाँसम्म नगद उपहार पाइनेछ । एक जोर स्टाईल सुज खरिद गर्दा ग्राहकले एकसयदेखि एक लाख रुपियाँसम्म पाउँने स्टाइल सुजका अध्यक्ष तेज पराजुलीलले जानकारी दिए ।

बजारमा करिब ३ सय मोडलमा पाइने स्टाइल सुजले दसैंतिहारलक्षित गरी थप ५० मोडल थपेको उनले जनाए । बृद्धबृद्धा, बालबालिका, विद्यार्थी, युवा सबै उमेर समूहलाई ध्यानमा राखेर जुत्ताको मोडल तय गरिएको छ । कम्पनीले पार्टी सुजसँगै क्याजुअल जुत्ता बजारमा ल्याएको छ ।

६५ जिल्लाका बजारमा उपलब्ध स्टाइल सुजमा ६ महिनाको वारेन्टी दिइएको छ । पाँच वर्षअघि स्वादेशी उद्योग प्रवद्र्धन गर्ने उदेश्यसहित स्टाईल सूज बजारमा ल्याइएको पराजुलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्