२६ श्रावण – नेपालमा बालिकाभन्दा बालक धेरै भएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको तथ्याङ्कमा कुल बालबालिकाको ५१ दशमलव ८ प्रतिशत बालक र ४८ दशमलव २ प्रतिशत बालिका रहेको उल्लेख छ । देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका रहेकोमा बालकभन्दा बालिकाको सङ्ख्या ३ लाख ६० हजारले कम देखिएको कार्यालयले जनाएको छ ।
यसले भविष्यमा विभिन्न प्रभाव पार्नसक्ने भएकाले सरकारले नीतिगत रुपमा नै आवश्यक रणनीति तय गर्नुपर्ने कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।
कार्यालयकाअनुसार बालबालिकामध्ये १० देखि १४ वर्षसम्मका बालबालिकाको सङ्ख्या धेरै देखिएको छ । यस उमेरसमुहमा कुल बालबालिकाको २९ दशमलव ५ प्रतिशत छन् । यस्तै तथ्याङ्कले देशभर साढे ३१ हजार बालबालिका घरमुलीको भूमिकामा रहेकोसमेत देखाएको छ । देशभर कुल जनसङ्ख्याको ३३ दशमलव ८ प्रतिशत बालबालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्