२०८२ असार १७
                           

प्रेस संगठनको नेतृत्वमा आचार्य

प्रेस संगठन नेपाल जिल्ला संगठन सिन्धुपाल्चोकले नया नेतृत्व पाएको छ । शनिवार संगठनको केन्द्र र प्रदृेश कमिटिले जिल्ला नेतृत्व प्रदान गरेको हो ।
नेकपा निकट मानिने पत्रकारहरुको संगठनको जिल्ला संयोजकमा बिदुर आचार्य र सहसंयोजकमा अशोक पराजुली रहेका छन् ।
आचार्य पुर्व एमाले निकट पत्रकार संगठन प्रेस चौतारीको सिफारीसमा संयोजक बनेका हुन् भने पराजुली पुर्व माओवादी निकट प्रेस सेन्टरवाट सहसंयोजकमा सिफारिस भएका हुन् । दुवैजनासँग आ–आफ्नो संगठनमा सचिवको जिम्मेवारी सम्हालेको अनुभव छ ।
संगठनले नेतृत्व पाए सँगै अव संगठनात्मक कामले चुस्तता पाउने भएको छ । देशको दुई ठुला पार्टी वीच एकता भए सँगै पार्टी निकट पत्रकार संगठनको काम निकै प्रभावित रहेको थियो ।
संगठननात्मक काम सँगै जिल्लाको पत्रकारितालाई नयाँ उचाईमा पु¥याउन लागि पर्ने संयोजक आचार्य वताउँछन् ।
बल्ल एकीकृत संगठनले नेतृत्व पाएको छ, अव संगठनको नियमित काम सँगै मर्यादित र व्यवस्थित पत्रकारितामा जोड दिने प्रयत्न रहनेछु,’ आचार्यले भने – नँया पुस्तामा पत्रकारिता प्रति क्रेज बढाँउदै विशेषगरि छापा तथा रेडियो पत्रकारितामा क्षमता अभिवृद्धिका अनेकन कार्यक्रम संञ्चालन गर्ने काम नियमित जस्तै गर्ने योजना रहेको छ ।’
संगठनले नेतृत्व पाएसंँगै तत्काल संगठनको जिल्ला समिति सिफारिस गर्ने, संगठन निकट पत्रकारहरुलाई संगठनमा आवद्ध गराँउदै अघि वढ्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्