अन्तरिक्षमा पहिलो पटक पैदल हिडेर इतिहास रच्ने अलेक्सी लियोनोवको निधन भएको छ। ८५ वर्षीया लियोनोवको शुक्रबार मस्कोमा निधन भएको हो।
उनले पहिलो पटक १२ मिनेट अन्तरिक्षमा हिडेर इतिहास रचेका थिए। समाचार एजेन्सी एएनआईका अनुसार रुसको अन्तरिक्ष एजेन्सी रोस्कोमासले आफ्नो वेबसाइटमा उनको निधन भएको उल्लेख गरेको छ।
उनको निधनको कारण भने खुलाइएको छैन। उनी केही वर्ष यता विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित रहेको बताइएको छ।
द हिन्दूको रिपोर्ट अनुसार लियोनोवको निधन एक ठूलो घटना हो। यसको पुस्टि यस कुराले हुन्छ की उक्त खबर आउनासाथ नासाले आफ्नो लाइव प्रसारण बीचमै रोकेको थियो। उक्त समय नासाका दुई अन्तरिक्ष महिला यात्री अन्तर्राष्टीय अन्तरिक्ष स्टेशनको बाहिर पैदल यात्रा गर्दै थिए। उक्त लाइभ प्रसारण रोकेर नासाले उनको लियोनोवको निधनको खबर प्रसारण गरेको थियो।
प्रतिक्रिया दिनुहोस्