२०८३ आश्विन २८

७१औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम १५ जनाले गरे रक्तदान

सिन्धुपाल्चोक । ७१औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा आयोजित रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।
ब्लड डोनर्स नेपाल (ब्लोदान) जिल्ला शाखा सिन्धुपाल्चोकको सहकार्य तथा भक्तपुर रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १४ जना प्रहरी जवान र एक जना सर्वसाधारण गरी १५ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान जीवन बचाउने महत्त्वपूर्ण मानवीय कार्य भएकाले प्रहरी दिवसको अवसरमा आयोजित यस कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई उजागर गरेको छ । रगतको अभावमा उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले गरिने यस्ता कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले प्रहरी संगठनको सेवाभावलाई सामाजिक तथा मानवीय कार्यसँग जोड्दै रक्तदान अभियानमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्