सिन्धुपाल्चोक, मेलम्ची । मित्रराष्ट्र चीनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै हुत्तराज-अर्धचन्द्र जनहितकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
संस्थाको हालै बसेको कार्यसमिति बैठकले बाढीबाट भएको अकल्पनीय क्षतिले संस्था परिवारलाई स्तब्ध र मर्माहत बनाएको भन्दै घटनामा परी दिवंगत भएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
बाढीपीडितलाई केही भए पनि राहत तथा सहयोग पुग्ने उद्देश्यले संस्थाको तर्फबाट तत्कालका लागि रु. २ लाख ५१ हजार (दुई लाख एकाउन्न हजार) प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष मुकुन्दप्रसाद पाण्डेले विपद्को यस घडीमा पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै संस्थाको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको बताए ।
बैठकको निर्णयबारे संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिए ।
राष्ट्रिय अनलाइनबाट
प्रतिक्रिया दिनुहोस्