२०८३ जेष्ठ २२

विश्व रक्तदाता दिवसमा २७ जनाको रक्तदान नयाँ पुस्तालाई समाज प्रति उत्तरदायी बनाउने उद्देश्य

चोैतारा – विश्व रक्तदाता दिवस २०२६ को अवसरमा दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय, आलटाँडा, मेलम्ची तथा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोकको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष “रगतको अभावमा कुनैपनि बिरामीको अकालमा मृत्यु नहोस्  ” भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सामाजिक कार्यप्रति उत्तरदायी बनाउने तथा स्वेच्छिक रक्तदानको महत्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो । कार्यक्रममा जम्मा २७ जनाले रक्तदान गरेका थिए जसमध्ये १९ जना पुरुष र ८ जना महिला विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । ब्लोदानका अध्यक्ष सुरेश कसजूका अनुसार रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक सेवामध्ये एक भएकाले स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरे ।
रक्तको अभावका कारण कुनै पनि बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने सन्देशका साथ आयोजित कार्यक्रमले युवापुस्तामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुका साथै मानव सेवामा योगदान पुर्‍याउने प्रेरणा दिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्