२०८३ जेष्ठ १४

DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम चौतारामा सम्पन्न

सिन्धुपाल्चोक – जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा तथा फेयरमेड फाउन्डेसन नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहयोगमा स्वास्थ्यकर्मीहरूका लागि District Health Information Software 2 (DHIS2) सम्बन्धी २ दिने एड्भान्स तालिम चौतारामा सम्पन्न भएको छ।
तालिममा जिल्लाका विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुख, प्रतिनिधि, स्वास्थ्यकर्मी तथा जनस्वास्थ्य कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई DHIS2 प्रणालीको थप प्राविधिक ज्ञान तथा व्यवहारिक प्रयोगबारे प्रशिक्षण दिइएको थियो ।
समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले सामूहिक प्रयासबाट मात्र प्रभावकारी उपलब्धि हासिल गर्न सकिने बताउँदै तालिममा सिकेका सीपलाई दैनिक कार्यमा प्रयोग गर्न आग्रह गरिन् । उनले निरन्तर अभ्यास र प्रयोगले मात्र सिकाइ दिगो हुने समेत बताइन् ।
त्यस्तै फेयरमेड फाउन्डेसनका टिम लिडर डम्बर सिं गुरुङले DHIS2 को आधारभूत ज्ञानसँगै थप प्राविधिक क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए  । उनले सिकेका कुरालाई आआफ्नो संस्था र पालिकामा लागू गर्दै अघि बढ्न सहभागीहरूलाई आग्रह गरे ।
तालिमको सहजीकरण विज्ञ अनिल थापा र दिवाकर सापकोटाले गरेकी थिइन् । महिला आत्मनिर्भरता केन्द्रका कार्यक्रम संयोजक कृष्ण गुरुङका अनुसार स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा अभिलेखीकरण प्रणालीलाई व्यवस्थित गर्न DHIS2 सम्बन्धी यस्ता तालिमहरू महत्वपूर्ण हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्