२०८२ फाल्गुन २९

आज नेपाली कथानक चलचित्र “टेम्के  The Destination” को शुभमुहूर्त सम्पन्न

आज नेपाली कथानक चलचित्र “टेम्के  The Destination” को शुभमुहूर्त सम्पन्न भएको छ। धार्मिक विधिअनुसार चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीले   चलचित्रको औपचारिक शुभारम्भ गर्नु भएको हो । आर.डी.एस. नेपाल प्रस्तुत रहेको यस चलचित्रको निर्देशन देवप्रसाद धिमाल रहेको छ  ।  धिमाल स्वयं निर्माता पनि रहेका छन् भने सह–निर्माताको रूपमा पंकज सरदार संलग्न छन्। चलचित्रमा भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माता रहेका छन् चलचित्रको सह–निर्देशकका रूपमा विजयराज भुर्तेल अनुबन्धित भएका छन् भने द्वन्द निर्देशन राजु किरात ले गर्ने भएका छन् ।  छायाङ्कनको जिम्मेवारी नरेश ऐरले सम्हाल्ने निर्माण पक्षले जनाएको छ । चलचित्रमा  कलाकारहरु शिव श्रेष्ठ, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल र विवेक खड्का लगायत रहेका छन् । निर्माण पक्षका अनुसार चलचित्रको मुख्य छायाङ्कन काठमाडौं तथा भोजपुरका विभिन्न स्थानमा गरिनेछ । छायाङ्कन कार्य चैत महिनाको दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ । चलचित्र “टेम्के: The Destination” ले नेपाली समाजको कथावस्तुलाई रोचक शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ। शुभमुहूर्तसँगै चलचित्रको निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।  कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का ,गितकार ,शंकर अधिकारी ” घायल” लगायत चलचित्र कर्मीहरुको उपस्थित रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्