२०८२ फाल्गुन १५

सुबोध जिताउन’ सुनकोशी र बुधेपाबाट तीन दर्जन बढी नेकपामा प्रवेश

सिन्धुपाल्चोक । फागुन २१ गते हुने निर्वाचनको नजिकिँदै जाँदा सिन्धुपाल्चोकमा नेपाली कम्युनिष्ट पार्टी (तारा चिन्ह) को पक्षमा जनलहर बढ्दै गएको छ । ‘तारा’ चिन्हका युवा उमेदवार माधव सापकोटा ‘सुबोध’ लाई जिताउने संकल्पसहित शुक्रबार मात्रै सुनकोशी र बाह्रविसेबाट तीन दर्जनभन्दा बढी प्रभावशाली नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
सुनकोशीबाट २२ जनाको टोली नेकपामा
शुक्रबार बिहान सुनकोशी गाउँपालिका वडा नं. ३ छापबाट एमाले, कांग्रेस र रास्वपा परित्याग गरी २२ जना सक्रिय नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नेकपाका नेता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूलाई खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । नेकपा सुनकोशी इन्चार्ज मिम बहादुर योञ्जनका अनुसार, नवप्रवेशीहरूले विकासप्रेमी युवा नेता सुबोधलाई संसदमा पुर्‍याउनु आजको आवश्यकता रहेको भन्दै ‘तारा’ रोजेको बताएका छन्।
बुधेपामा पनि उत्साह: सुबोधकै हातबाट टीका
यसैगरी, बाह्रविसे नगरपालिका वडा नं. २, बुधेपामा आयोजित अर्को कार्यक्रममा दर्जन बढी नेता-कार्यकर्ता नेकपामा समाहित भएका छन्। चुनावी अभियानका क्रममा बुधेपा पुगेका उमेदवार ‘सुबोध’ ले उनीहरूलाई स्वागत गरेका हुन् ।
एक सातामै ५०० बढीको प्रवेश
बाह्रविसे र आसपासको क्षेत्रमा नेकपाको प्रभाव निकै आक्रामक रूपमा बढेको छ। तथ्याङ्क अनुसार, पछिल्लो एक सातामा मात्रै एमाले र कांग्रेस परित्याग गरी ५०० भन्दा बढी स्थानीय नेता-कार्यकर्ता नेकपामा समाहित भएका छन्। हाम्रो एकमात्र लक्ष्य माधव सापकोटा ‘सुबोध’ लाई भारी मतले जिताउनु हो,” बुधेपामा नेकपा प्रवेश गरेकाहरुले सामूहिक प्रतिबद्धता जनाउँदै भने सिन्धुपाल्चोकको समृद्धिका लागि सुबोधको विकल्प छैन।

प्रतिक्रिया दिनुहोस्