२०८२ फाल्गुन ३

सिन्धुपाल्चोकमा नेकपाका उम्मेदवारद्वारा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

सिन्धुपाल्चोक | प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा सिन्धुपाल्चोक क्षेत्र नं. १ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार माधव सापकोटा तथा क्षेत्र नं. २ का उम्मेदवार युवराज दुलालले आइतबार चौतारामा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।


पत्रकार सम्मेलनमा बोल्दै दुवै उम्मेदवारले जिल्लाको समग्र विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले आगामी पाँच वर्षभित्र जिल्लामा दिगो पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण र युवामैत्री कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गर्दै नितिगत सुधारको प्रतिबद्धता व्यक्त गरेका छन् ।

दुवै उम्मेदवारले पत्रकार सम्मेलनमार्फत प्रतिवद्धतापत्र सार्वजनिक गर्नुका साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत औपचारिक रूपमा उक्त प्रतिवद्धतापत्र बुझाएका छन् । निर्वाचन प्रक्रिया पारदर्शी र विधिसम्मत रूपमा अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको उनीहरूको भनाइ थियो ।
पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्