२०८२ माघ ९

रामज्योती प्रतिस्ठानद्धारा वनदेबी माविलाई डिजिटल बोर्ड

निर्मल बस्नेत २८ पौष । चौतारामा रहेको वनदेबी माध्यमिक विद्यालको लागि रामज्योती प्रतिष्ठान चौतारा, सिन्धुपाल्चोकले एक थान डिजिटल बोर्ड उपलब्ध गराएको छ । ज्योती फाउण्डेशन अमेरिकामार्फत चौतारा रामज्योतीका संरक्षक एवं समाजसेवी रामचन्द्र श्रेष्ठ र अध्यक्ष सुरेशराम कसजुले विद्यालयका अध्यक्ष गम्भिर घले र प्रधानाध्यापक दिपक राईलाई हस्तान्तरण गरेका हुन् । समाजसेवी श्रेष्ठले विद्यालयको २६ गते सम्पन्न २८ औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानमार्फत डिजिटल बोर्ड उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । उनले प्रतिबद्धता जनाएको चौथो दिनमा नै पुरा गरि विस्वास दिलाएका छन् । डिजिटल उनले बोर्ड संगै अन्य आवश्यक सहयोगहरु समेत गर्दै जाने उद्घोष गरेका छन् । प्रतिष्ठानले चौतारा साागाचोकगढी नगरपालिका ७ मिलचौरमा रहेको शहीद स्मृति आवासीय वालग्रामको लागि ५ लाखको अक्षयकोष स्थापना तथा बालग्राममा अध्ययनरत विद्यार्थीहरुको लागि पोषक उपलब्ध गराएको थियो । त्यस्तै नगरपालिकाको ३ नम्बर वडा खालेमा रहेको समाज विकास माविमा अध्ययनरत विद्यार्थीहरुको लागि पनि विद्यालय पोषक ट्रयाकसुट वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्