२०८२ माघ २१

नेकपाले सिन्धुका राजेन्द्रलाई दियो राष्ट्रिय सभाको टिकट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकका पुराना माओवादी नेता प्रेम प्रसाद सापकोटा (राजेन्द्र) लाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार चयन गरेको छ। पार्टीले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–४, कुबिण्डेका सापकोटालाई उम्मेदवार बनाएको हो।

जनयुद्धकालमा भूमिगत हुँदै सैन्य तथा राजनीतिक दुवै फाँटमा नेतृत्वदायी भूमिका निर्वाह गरेका सापकोटा शान्ति प्रक्रियापछि वाइसिएललगायत पार्टीका विभिन्न मोर्चा तथा केन्द्रमा सक्रिय रहँदै आएका छन्। सादगी जीवनशैलीका लागि परिचित उनी पार्टीभित्र अनुशासित र जनमुखी नेताका रूपमा चिनिन्छन्।

उनको उम्मेदवारी आज बिहान औपचारिक रूपमा टुंगो लागेपछि मनोनयन दर्ताका लागि आजै हेटौंडा प्रस्थान गरेका छन्।
आज बिहान पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सापकोटालाई उम्मेदवारीको टिकट हस्तान्तरण गरेका हुन्।

 

 

पालुवान्युजबाट

प्रतिक्रिया दिनुहोस्