२०८२ मंसिर ३

महाकाव्यकार त्रिलोचन आचार्यको ‘अविश्रान्त’ लोकार्पण

काठमाडौँ ,

साहित्य सदन नेपालले महाकाव्यकार त्रिलोचन आचार्यको ‘अविश्रान्त’ महाकाव्यको लोकार्पण गरेको छ । साहित्य सदन नेपालका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा भएको हो ।

साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेल, प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्राज्ञ प्रा. डा. देवी नेपाल, महाकाव्यकार त्रिलोचन आचार्य लगायतले संयुक्त रूपमा ‘अविश्रान्त’ महाकाव्यको लोकार्पण गरेका हुन् । साहित्य सदन नेपालको ५ औ वार्षिक साधारण सभाको उपलक्ष्यमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईलाई ’व्यथित साहित्य सम्मान २०८२, अर्पण गरिएको थियो ।

 

अक्षरङ्गबाट

प्रतिक्रिया दिनुहोस्