२०८२ कार्तिक १

कृष्ण रत्न गंगाले जित्यो नगरस्तरीय ७-ए साइड फुटबल प्रतियोगिता

चौतारा — चौतारा साँगाचोकगढी नगरपालिका–५ निर्माणाधीन मिनी रंगशालामा सम्पन्न प्रथम नगरस्तरीय अन्तर–आधारभूत तह ७-ए साइड फुटबल प्रतियोगिता–२०८२ सफलता पूर्वक सम्पन्न भएको छ । विद्यालयस्तरमा खेलकुदको प्रवर्द्धन गर्दै सानै उमेरदेखि विद्यार्थीहरूमा खेल सिपको विकास र खेलप्रतिको उत्साह जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

जनविकास माध्यमिक विद्यालय

प्रतियोगितामा श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय विजेता बन्न सफल भएको छ भने श्री जनविकास माध्यमिक विद्यालय उपविजेता बनेको छ । फाइनल खेलमा दुबै विद्यालयबीच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो, जसमा कृष्ण रत्न गंगा माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्न सफल भयो ।

समापन समारोहमा बोल्दै चौतारा साँगाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटाले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गराउने बताउँदै बालबालिकाहरूको खेल क्षेत्रमा चासो राख्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरे । साथै भाव दिनहरूमा खेल क्षेत्रका विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।

त्यस्तै, उपप्रमुख सीता थापाले विद्यालयमा शैक्षिक विकाससँगै खेलकुद पनि बराबरी प्राथमिकतामा राखिनु पर्नेमा जोड दिदै बालबालिका भित्र रहेको खेल प्रतिको रूचि मात्र नभई आफू भित्र रहेको आत्मविश्वासलाई थप मजबुत बनाउन यो प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रममा विजेता र उपविजेता टोलीलाई ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । आयोजक समितिका अनुसार प्रतियोगिता मार्फत विद्यार्थीहरूमा खेलप्रतिको आकर्षण बढ्ने, खेल भावना मजबुत बन्ने र विद्यालयहरूबीचको आपसी सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्