२०८२ कार्तिक २

अभयानन्द शिक्षा क्याम्पसको १३औं स्थापना दिवस, १२औं क्याम्पस सभा तथा चौथो साधारण सभा सम्पन्न

इन्द्रावती (सिन्धुपाल्चोक)/ इन्द्रावती गाउँपालिका–५ ऐसेलुखर्कस्थित अभयानन्द शिक्षा क्याम्पसको १३औं स्थापना दिवस तथा १२औं क्याम्पस सभा एक विशेष समारोहका साथ सम्पन्न भएको छ।

 

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालले सामुदायिक क्याम्पसहरू राष्ट्रको शिक्षाको मेरुदण्ड भएको उल्लेख गर्दै राज्यले यस्ता क्याम्पसहरूको दायित्व लिनुपर्ने धारणा राख्नुभयो। उहाँले संघीय र प्रदेश सरकारले सामुदायिक शिक्षामा ठोस लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै हाल विद्यार्थीहरू अध्ययनका लागि विदेशिन बाध्य हुनुपरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

 

पूर्वमन्त्री दुलालले सामुदायिक क्याम्पसहरूबीच मर्जर (एकीकरण) गर्न सके स्रोत र सम्भावना बढ्ने बताउँदै, मर्जरमा नजाने हो भने अस्तित्वसमेत संकटमा पर्न सक्ने चेतावनी दिनुभयो। उहाँले आगामी दिनमा पनि क्याम्पसको विकासका लागि निरन्तर सहयोग गर्दै राम्रो कार्यमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुपर्ने बताउनुभयो।

 

इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष शशीनाथ आचार्यले क्याम्पसको उन्नति र विस्तारका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर शिक्षा क्षेत्रलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभयो।

 

त्यस्तै, नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका सभापति जीवनकुमार थापा मगरले स्थानीय उद्यमीहरूबाट कोष संकलन गरी उद्योग सञ्चालन गर्न सके रोजगारी सृजना हुने र विद्यार्थी सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले क्याम्पसको जग्गा र स्रोतको सदुपयोग गरी आम्दानीतर्फ उन्मुख हुनुपर्ने धारणा राख्नुभयो।

नेकपा (माओवादी केन्द्र) का गाउँपालिका अध्यक्ष देवेन्द्र दाहालले क्याम्पसको वर्तमान अवस्थाबारे गहिरो समीक्षा गर्नुपर्ने बताउनुभयो। उहाँले पालिकाभित्रका दुईवटा क्याम्पसलाई मर्जरमा लैजाने र प्राविधिक विषय थप्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

 

कार्यक्रममा क्याम्पस प्रमुख कविराज पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको आर्थिक अवस्था, अवसर, चुनौती र सम्भावनाबारे जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म ११३ जना व्यक्तिहरू क्याम्पसका आजीवन सदस्य बनेका छन्।

 

उक्त कार्यक्रममा पूर्वमन्त्री दुलाल, गाउँपालिका अध्यक्ष झम्कानाथ नेपाल, प्रवक्ता आचार्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, अन्य क्याम्पसका प्रमुखहरू तथा सञ्चालक समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

अभयानन्द शिक्षा क्याम्पसको १३औं स्थापना दिवस, १२औं क्याम्पस सभा तथा चौथो साधारण सभा सम्पन्न
इन्द्रावती (सिन्धुपाल्चोक) — इन्द्रावती गाउँपालिका–५ ऐंसेलुखर्कस्थित अभयानन्द शिक्षा क्याम्पसको १३औं स्थापना दिवस, १२औं क्याम्पस सभा तथा चौथो साधारण सभा एक भव्य समारोहका साथ सम्पन्न भएको छ।

मिति २०८२ असोज २६ गते सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि रहनुभएका बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री युवराज दुलालले सामुदायिक क्याम्पसहरू राष्ट्रको शिक्षाको मेरुदण्ड भएको बताउँदै राज्यले यस्ता संस्थाहरूको दायित्व लिनुपर्ने धारणा राख्नुभयो। उहाँले संघीय र प्रदेश सरकारको सामुदायिक शिक्षामा लगानी अपरिहार्य भएको उल्लेख गर्दै अध्ययनका लागि विद्यार्थीहरू विदेश पलायन हुनुपरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

पूर्वमन्त्री दुलालले सामुदायिक क्याम्पसहरूबीच मर्जर (एकीकरण) गर्न सके स्रोत र सम्भावना दुवै बढ्ने बताउँदै, त्यसो नगरे अस्तित्व संकटमा पर्न सक्ने चेतावनी दिनुभयो। उहाँले आगामी दिनमा पनि क्याम्पसको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राम्रो कार्यमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभना तामाङ, वडा नं. ५ का वडाध्यक्ष तथा प्रवक्ता शशीनाथ आचार्य, नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका सभापति जीवनकुमार थापा मगर, नेकपा (माओवादी केन्द्र) का गाउँपालिका अध्यक्ष देवेन्द्र दाहाल, नेपाल पब्लिक क्याम्पस संघ बागमती प्रदेश अध्यक्ष शैलेन्द्र कुइँकेल, कोषाध्यक्ष सिपि दुलाल, पाँचपोखरी बहुमुखी क्याम्पस अध्यक्ष वीरबहादुर तामाङ ‘मिलन’ लगायत जनप्रतिनिधि, क्याम्पस प्रमुखहरू, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी र स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा क्याम्पस प्रमुख कविराज पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको आर्थिक अवस्था, अवसर, चुनौती र सम्भावनाबारे जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म ११३ जना व्यक्तिहरू क्याम्पसका आजीवन सदस्य बनेका छन्।

सभाले भवनाथ आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ। अध्यक्ष आचार्यले दोस्रोपटक नेतृत्व गर्ने अवसर प्रदान गर्ने सम्पूर्ण सभासद्हरूप्रति हार्दिक आभार प्रकट गर्दै क्याम्पसको समृद्धि र शैक्षिक उन्नतिका लागि सबैको एकता आवश्यक रहेको बताउनुभयो।

नयाँ सञ्चालक समिति यस प्रकार छ:
१. अध्यक्ष – श्री भवनाथ आचार्य
२. सदस्य – श्री कुन्जरमणी भट्टराई
३. सदस्य – श्री जीवनकुमार थापा मगर
४. सदस्य – श्री मीनामैयाँ थापा
५. सदस्य – श्री शुक्रप्रसाद आचार्य
६. सदस्य – श्री पुन्यप्रसाद आचार्य
७. सदस्य – श्री सानुमाया हिमालय
८. सदस्य – श्री सम्भु प्रसाद कोइराला
९. सदस्य – श्री रमेश प्रसाद तिमिल्सिना
१०. सदस्य – श्री रमेश सापकोटा
(सहित ५ जना पदेन सदस्यहरू)

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सबै अतिथि, जनप्रतिनिधि, बुद्धिजीवी, पूर्वविद्यार्थी र स्थानीय समुदायप्रति क्याम्पस परिवारले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्