सिन्धुपाल्चोक । हालैका प्राकृतिक विपद्ले जनजीवन प्रभावित बनेको बेला समाजसेवी भूपेन्द्र थापाले पीडितहरूलाई उद्धार र राहतमा सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ ।
थापाले विशेषगरी चौतारा र वरपरका साथै सिन्धुपाल्चोक जिल्लाका प्रभावित परिवारलाई लक्षित गर्दै त्रिपाल, खाद्यान्न र आवश्यक उद्धार सामग्रीहरू निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
समाजसेवी थापाले भने “विपद्को समयमा पीडितलाई सहयोग पुर्याउनु हरेक नागरिकको कर्तव्य हो । हामी सबैले सकेसम्म प्रभावितको पीडा कम गर्न योगदान गर्नुपर्छ,” ।
उनले नागरिक, सामाजिक संस्था र स्थानीय उद्धारकर्मीहरूलाई आफ्नो क्षमता अनुसार सहयोगमा हातेमालो गर्न आग्रह गरेका छन् ।
थापाले सहयोग आवश्यक परेका व्यक्तिहरूलाई “थापा इन्टरप्राइजेज, चौतारा” मा सम्पर्क गर्न अनुरोध गर्दै सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेका छन् — ९८५१२७९०३६, ९८४३०९४७८७ र ९८४३५२९६८९
प्रतिक्रिया दिनुहोस्