२०८२ कार्तिक २

दशैंसँगै राजनीतिक संकेत बोकेर प्रचण्ड सिन्धुपाल्चोक

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस वर्षको दशैं मनाउन सिन्धुपाल्चोक आएका छन् ।

मंगलबार प्रचण्ड सपरिवारसहित चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीस्थित बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य युवराज दुलालको निवासमा पुगेका हुन् ।

उनीसँगै छोरी रेणु दाहाल, गंगा दाहाल र ज्वाइँहरू पनि दशैं मनाउन दुलालको घर पुगेका छन् । परिवारसहित प्रचण्ड दशैंभर सिन्धुपाल्चोकमै बस्ने जनाइएको छ ।

यद्यपि, दशैं मनाउन आएको भनिए पनि प्रचण्डको यो उपस्थितिलाई राजनीतिक दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको जानकारहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्