काठमाडौं – हालैको जेन-जी आन्दोलनका कारण क्षतिग्रस्त सर्वोच्च अदालतले आइतबार २९ गते देखि आफ्नो नियमित सुनुवाई र कार्यवाहि पुनः सुरु गर्ने तयारी गरेको छ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतका अनुसार, अदालत नागरिकको न्यायप्राप्तिको अधिकार सुनिश्चित गर्न कुनै ढिलाइ नगरी कामकाजमा फर्कने छ। यस क्रममा नेपाल रेडक्रस सोसाइटी (नेरेस)ले अस्थायी टेन्ट निर्माण गरी अदालतको कामकाज सहज बनाउन सहयोग गरेको छ।
अदालतका मिसिल कागजात, उपकरण र भौतिक स्रोतहरूको संरक्षणमा खटिने न्यायाधीश, कर्मचारी, कानून व्यवसायी, सुरक्षाकर्मी र सर्वसाधारणको योगदानको लागि अदालतले धन्यवाद व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्