२०८१ श्रावण १२
                           

कान्लेमा सुन्तला खेतीको पकेट विकास क्षेत्र घोषणा

२९ जेठ, सिन्धुपाल्चोक । त्रिपुरा सुन्दरी गाउँपालिकाले वडा नं २ कान्लेमा सुन्तला खेतीको पकेट विकास क्षेत्र घोषणा तथा विरुवा हस्तान्तरण गरिएको छ । मंगलबार कृषक समुह मार्फत कृषकहरुलाई गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले विरुवा हस्तारण गर्दै सुन्तला खेतीको पकेट विकास क्षेत्र घोषणा गरेका हुन ।

अध्यक्ष बोहोराले बाँजो जग्गाको सदुपयोग गरी यस वडालाई सुन्तला खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने बताए। गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कृषि विकास कार्यक्रम बाँझो जग्गामा पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत कान्लेमा सुन्तला खेतीको पकेट विकास क्षेत्र घोषणा तथा बिरुवा हस्तान्तरण गरिएको हो ।  यस ठाउँमा करिव २ सय रोपनी बाँजो रहेको जग्गाको भरपुर सदुपयोग हुने गरी अध्यक्ष बोहोराले सुन्तलाको विरुवा रोपेर कार्यक्रम सुरुवात गरेका हुन ।

गाउँपालिकाको वरिष्ठ उद्यम विकास सहजकर्ता ओम तामाङका अनुसार ८ हजार सुन्तलको विरुवा ३ हजारको दरले कागती र टिम्बुरको विरुवा वितरण गरिएको हो । यस कार्यक्रम मार्फत ३० घरधुरी लावाभिन्त भएका छन् । सुन्तला खेतीका लागि उपयुक्त स्थान भएकाले कार्यक्रम प्रभावकारी हुने वडा नं २ का वडाध्यक्ष रमेश राउतले विश्वास ब्यक्त गरे ।

साथै गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपजलाई बजारिकरणको ब्यवस्था मिलाउने भएको छ । यहि आर्थिक वर्षमा बजेट विनियोजन गरेर यथाशिग्र खाडिचौरमा कृषि उपज संकलन केन्द्र स्थापना गरेर बजारिकरण गर्ने पालिकाले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्