२०८२ कार्तिक २

राखको कुहिरोमा नयाँ आशा : सिंहदरबार ध्वस्त, अन्तरिम प्रधानमन्त्रीका लागि वैकल्पिक कार्यालय तयारी

काठमाडौं ।  सिंहदरबारमा फैलिएको आगो र धुवाँसँगै नेपाली सत्ता–प्रशासनको केन्द्र क्षतविक्षत बनेको छ । ऐतिहासिक दरबारका भित्ताहरूमा माटो र धुलो मात्र बाँकी रहँदा अबको शासन सञ्चालन कहाँबाट गर्ने भन्ने चिन्ता थपिएको छ । यहीबीच, अन्तरिम सरकार गठनको तयारीसँगै नयाँ प्रधानमन्त्रीका लागि वैकल्पिक कार्यालय व्यवस्थापन सुरु गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रालय दुवै ध्वस्त भएपछि, निर्माणाधीन गृहमन्त्रालयको नयाँ भवनलाई आशाको नयाँ आधार बनाउने योजना अघि सारिएको हो । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले शुक्रबार बिहानै सिंहदरबार परिसर र वरपरको स्थलगत अध्ययन गरी यही भवनलाई वैकल्पिक विकल्पको रूपमा औंल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्