सिन्धुपाल्चोक । स्याउलेस्थित गुन्सा भन्ने स्थानमा सञ्चालन भइरहेको बाख्राफार्ममा बुधबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीमा फार्म सञ्चालक बिशाल श्रेष्ठ समेत घाइते भएका छन् ।
प्रारम्भिक विवरणअनुसार करिब ३५ वटा बाख्रा सुरक्षित निकाल्न सफल भए पनि बाँकी बाख्रा खोरभित्रै जलेर मरेको अनुमान गरिएको छ। खोरभित्र पराल र गाँसको थुप्रो रहेकाले आगो झन् द्रुत गतिमा फैलिएको स्थानियको अनुमान छ ।
स्थानीयका अनुसार फार्ममा करेन्ट सर्ट हुने समस्या पहिल देखिनै देखिदै आएको तर सामान्य मानी उचित सुरक्षा व्यवस्थामा ध्यान नदिँदा ठूलो दुर्घटना निम्तिएको हो । करिब दुई वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको यस फार्ममा करिब ८० वटा बाख्रा रहेका थिए ।
आगो निभाउन स्थानीयवासीले प्रयास गरे पनि पूर्ण नियन्त्रणमा आउन नसक्दा व्यापक क्षति भएको छ । घटनापछि प्रहरी र सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाइएको छ
प्रतिक्रिया दिनुहोस्