२०८२ भाद्र ११

भोटेकोशी नदीमा बोलेरो दुर्घटना, दुई जना बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब ३ः३० बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो अचानक अरनिको राजमार्गबाट २० मिटर तल खस्दै भोटेकोशी नदीमा पुगेको हो ।

सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेश कुमार कुसहवा र रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय सहचालक राम प्रवेश महतो दुर्घटनामा परेका हुन्। उद्धारका क्रममा एक शव नदीले बगाएको प्रहरीले जानकारी दिएको छ भने हाल दुवैजनाको खोजतलास जारी छ।

घटनापछि प्रहरी चौकी हिन्दीका प्रमुख प्रहरी सहायक निरीक्षक नवराज नेपालको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेस पाण्डेको नेतृत्वमा गएको टोलीले संयुक्त रूपमा खोजी कार्य अगाडि बढाइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्