सिन्धुपाल्चोक । सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशले पत्रकारिता अभ्यास र सिद्धान्तका लागि अपरिहार्य ठानिएका विषयवस्तुलाई समेटेर नयाँ पुस्तक सार्वजनिक गरेको छ । पत्रकार तथा अध्येता टुमराज कोइराला ‘कला अनुरागी’सँग सहकार्यमा तयार गरिएको ‘रचनात्मक पत्रकारिताः हाते पुस्तक’ आज भदौ ९ गते, सोमबारबाट पाठकका लागि उपलब्ध भएको हो ।
सञ्चार रजिष्ट्रारको कार्यालयले पत्रकारिता क्षेत्रमा अध्ययन, अनुसन्धान र अभ्यासलाई सशक्त बनाउन ग्रासरुट्स क्र्याबमार्फत पुस्तक प्रकाशन गर्दै आएको छ । यसै क्रममा यस पटक कोइरालाको पुस्तक प्रकाशन गरिएको हो ।
पुस्तकमा पत्रकारितामा रचनात्मकता भर्ने विभिन्न अभ्यास, दृष्टिकोण र सिद्धान्तगत पक्षलाई संक्षिप्त तर व्यावहारिक ढङ्गले प्रस्तुत गरिएको प्रकाशकले जनाएको छ । पुस्तकलाई पत्रकार, सञ्चारविद्, विद्यार्थी तथा अध्येताले उपयोगी ठान्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्