२०८२ भाद्र ११

नगरस्तरीय लोकगीत प्रतियोगितामा सेतीदेवी मावि प्रथम

चौतारा । हरितालिका तीजको अवसरमा चौतारा साँगाचोकगढी–५ स्थित कृष्ण रत्न गंगा माध्यमिक विद्यालयमा आयोजित नगरस्तरीय अन्तरमाध्यमिक लोकगीत प्रतियोगितामा सेतीदेवी माध्यमिक विद्यालय, स्याउले प्रथम भएको छ ।

नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा ११ विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा डडुवा भवानीशंकर मावि दोस्रो र कृष्ण रत्न गंगा मावि तेस्रो हुन सफल भएका थिए ।

उद्घाटन नगर प्रमुख कृष्णप्रसाद सापकोटाले दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा विजयी विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । प्रस्तुत गीतहरूले तीज पर्वमा देखिने विकृति–विसंगति विरुद्ध व्यङ्ग्य गर्दै परम्परागत संस्कृतिको संरक्षणमा जोड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्