२०८१ श्रावण १२
                           

म पनि किसान हुँ त्यसैले किसानका हरेक समस्या र मर्म बुझ्छु : मेयर सापकोटा

चौतारा ,१६ असार
सम्झना कार्की- सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाले उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मेयर सापकोटाले यस्तो बताउँनुभएको हो । कृषि क्षेत्रको विकास बिना आर्थिक समृद्धि हासिल गर्न नसकिने समेत उहाँको भनाई छ ।

सिन्धुपाल्चोकको प्रमुख पेशा नै कृषि भएकाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ। नगरपालिकाको अधिकांश भाग कृषि भूभाग रहेकाले कृषिमै आत्मनिर्भर बनाउने गरी नगरले कार्यक्रम ल्याएको सुनाउँनुभयो ।

उहाँले भन्नुभयो ,‘ म पनि त किसान हुँ त्यसैले मलाई किसानका हरेक समस्या र मर्म थाह छ । किसानका हरेक मर्म र समस्या पहिचान भएकै कारणले यसपटकको नीति तथा कार्यक्रममा कृषिलाई अह्म प्राथमिकता दिएका छौँ । कुनै पनि मठमन्दिर या गुम्बा निर्माण गर्ने योजना अघि सारेका छैनौ । पहिला जनताको स्वास्थ्य, शिक्षा र आयआर्जनमा पहुँच र सुधार गर्ने अनि मात्र अन्य विलासिता र सौन्दर्यका संरचना निर्माणमा लगानी गर्ने योजना छ ।’

नगरपालिकाले नीति कार्यक्रममा चिस्यान केन्द्रलाई नगर गौरवको आयोजनाको रुपमा अघि सारेको छ । किसानहरुलाई समयमै मल उपलव्ध गराउने सन्दर्भ र योजनालाई अघि सारिएको छ भने किसानको उत्पादनलाई बजारीकरण गर्दै नगरले नै किन्ने योजनालाई कार्यान्वयन गर्दै यसको दीगोपनलाई व्यवस्थित बनाउने योजनालाई नगरगौरवको आयोजनाको रुपमा प्रस्तुत गरिएको छ ।

हरेक वर्ष खडेरीका कारण उत्पादनमा ह्रास आउने समेत गरेको छ। कृषि उत्पाद्धत्व घट्दा आर्थिक स्थिति घट्छ ।जसका कारण जिल्लामा स्थानीय नागरिकहरू बजारको खाद्यान्न खरिद गर्न बाध्य छन्।

प्रतिक्रिया दिनुहोस्