२०८२ श्रावण १६

सुकुटे पर्यटन व्यवसायी संघको पत्रकार सम्मेलन : समस्या र सम्भावनामाथि छलफल

चौतारा, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक स्थित सुकुटेमा क्रियाशील पर्यटन व्यवसायीहरूद्वारा आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ। ‘सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजनामा उद्योग वाणिज्य संघको सभाहल, आयोजना गरिएको सम्मेलनमा सुकुटे क्षेत्रमा पर्यटन प्रवर्द्धन, समस्या समाधान र भविष्यको रणनीतिका विषयमा महत्वपूर्ण जानकारी प्रस्तुत गरियो।

संघका अध्यक्ष महेन्द्रसिंह थापाले सम्मेलनको अध्यक्षता गर्दै सुकुटे क्षेत्रमा पर्यटन व्यवसायले भोगिरहेका समस्याहरू, होटल व्यवसायीका हकहित र व्यवस्थापनको चुनौतीबारे जानकारी गराए। संघका उपाध्यक्ष अञ्जनकुमार खड्काले पर्यटन व्यवसायीहरूले विपद् व्यवस्थापनदेखि पर्यटन प्रवर्द्धनमा सक्रिय योगदान दिँदै आएको र राज्य तथा स्थानीय तहको साथ र स्पष्ट नीतिको अभावमा कठिनाइ भोग्नु परेको उल्लेख गरे।

सम्मेलनमा उपस्थित व्यवसायीहरूले सुकुटे क्षेत्रमा सञ्चालित व्यवसाय र रिसोर्टहरू बाट सार्वजनिक एवम् अन्य व्यक्तिको जग्गा मिचेर व्यवसाय सञ्चालन गरिरहेको समाचारहरू पुर्ण रूपमा सहि नरहेको बताउदै सञ्चारकर्मीहरूलाई सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न अनुरोध गरे यसैको उत्तर स्वरूप नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुव दंगालद्वारा प्रेस स्वतन्त्रताको रक्षा, पत्रकार तथा सञ्चारमाध्यमको हकहितमा महासंघ सधैं अग्रसर रहेको तर कार्वाही र दण्डको अधिकार महासंघसंग नरहेको जानकारी गराउदै कुनै समाचार र मिडिया संग गुनासो वा आपत्ति रहे प्रेस काउन्सिल नेपालमा उजुरी पेश गर्न सकिने जानकारी व्यवसायीहरूलाई गराए। साथै उनले पत्रकारिताको मर्यादा र आचारसंहिता भित्र रही पर्यटन प्रवर्द्धनमा सधैं सहयोग रहने  प्रतिबद्धता समेत व्यक्त गरे।

त्यसैगरी नगरपालिका संग भएको सम्झौता बमोजिम पर्यटन व्यवसायीहरूबाट प्रति पर्यटक १ सय रुपैयाँ दरले नगरपालिकालाई कर तिर्नुपर्ने व्यवस्था बारे थप प्रष्ट पार्दै चौतारा साँगाचोकगढी नगरपालिकाको प्रतिनिधिले यो व्यवस्था संविधान र स्थानिय सरकार सञ्चालन एनमा उल्लेख भए बमोजिम व्यवस्था गरिएको र  व्यवसायीहरूबाट प्रतिपर्यटक १ सय रुपैयाँ दरले प्राप्त गर्दै आइरहेको करको ४५ प्रतिशत सुकुटे क्षेत्रको पूर्वाधार तथा पर्यटन विकासमा खर्च गरिने सहमति रहेको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्