२०८२ कार्तिक १४

सिद्धाश्रम शक्ति केन्द्रको १७औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सुकुटे, सिन्धुपाल्चोक । सिद्धाश्रम शक्ति केन्द्र, सुकुटे आरती संचालन केन्द्रको १७औं वार्षिकोत्सव शनिबार भव्य र आध्यात्मिक वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम अध्यात्मिक चेतनाको विस्तार तथा सामाजिक योगदानको सम्मानस्वरूप विविध गतिविधिहरू सहित सम्पन्न गरिएको हो।

कार्यक्रमको प्रारम्भ बिहान १० बजे गुरुपूजन, मन्त्रजप, मन्त्रहवन तथा आरतीबाट औपचारिक रूपमा गरिएको थियो। संस्थाका तर्फबाट स्वागत मन्तव्य साधक मधुबहादुर कार्कीले राखेका थियो।

उक्त अवसरमा सिद्धाश्रम शक्ति केन्द्र नेपालका संयोजक बिन्देश्वरी बराल विशेष अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका–१० का वडा अध्यक्ष निलबहादुर तामाङ विशिष्ट अतिथि रूपमा सहभागी  भएका थियो।

विशेष अतिथि बरालले हालको विश्व परिवेशमा डर, त्रास र अशान्तिको वातावरण फैलिएको उल्लेख गर्दै अध्यात्मले समाजलाई सकारात्मक मार्गदर्शन गर्न सक्ने बताउनुभयो। उनले राष्ट्र गुरु, महायोगी गुरु गोरखनाथको स्मरण गर्दै गुरुलाई प्रसन्न पारेर मात्र राष्ट्रमा स्थायी शान्ति सम्भव हुने धारणा व्यक्त गरे।

वडाध्यक्ष तामाङले आफ्नो जीवनशैली प्रारम्भदेखि नै आध्यात्मिक रहेको बताउँदै सिद्धाश्रम शक्ति केन्द्रले आफूलाई आध्यात्मिक मार्गमा लाग्न प्रेरणा दिएको अनुभव सुनाए। उनले संस्थाको विकास र विस्तारमा सधैं सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरू तथा संस्थाहरुलाई सम्मानपत्र प्रदान गरि  सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्था, साधक-साधिकाहरू र भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले। वक्ताहरूले पनि सिद्धाश्रम शक्ति केन्द्रले विगत १७ वर्षदेखि समाज रूपान्तरणका लागि पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्