सिन्धुपाल्चोक जेठ २४ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), सिन्धुपाल्चोकको आयोजनामा ‘स्थानीय सरकारलाई समाजवाद उन्मुख बनाउने सम्बन्धमा आयोजित कार्यशाला गोष्ठी’ गैरीगाउँस्थित सहिद प्रतिष्ठानमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रतिनिधि सभाका सभामुख तथा पार्टीका केन्द्रीय समितिका उपाध्यक्ष अग्नि सापकोटाले नेपालको वर्तमान राजनीतिक अवस्था र समाजवादको सम्भावनाबारे धारणा राख्दै भने, “नेपाल यस्तो दुर्लभ देश हो जहाँ साना प्रयासहरूले पनि जनतालाई एकतावद्ध गर्दै समाजवादको आधार तयार गर्न सकिन्छ।” उनले समाजवादमा जनता नै शक्तिको मूल स्रोत हुने र सुशासनको मन्त्र भनेको जनताको विश्वास र सेवा प्रवाह भएको उल्लेख गरे।
सापकोटाले नैतिकतालाई लिखित कानुन र कानुनलाई लिखित नैतिकताको रूपमा परिभाषित गरेका छन्। समस्या भन्दा अवसर धेरै रहेको र सो अवसरको प्रयोग गर्न सके मात्र समाजवाद कार्यनयन गर्न सकिने बताउदै उनले अन्य पार्टीले भन्दा जनतालाई फरकपनको महसुस दिलाउन यस्ता कार्यक्रमहरूले सकारात्मक भुमिका खेल्ने अपेक्षा समेत गरेका छन्।
कार्यक्रममा उपस्थित स्थानीय तहका प्रमुखहरू, प्रदेश संसद सदस्यहरू, वडा अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ प्रभावकारी र बहसमुखी बनाएको थियो।
कार्यक्रममा सहभागीहरूले एक अर्काबाट नयाँ कुरा सिक्दै कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। साथै, प्रमुख प्रशासकीय अधिकृत बारम्बार परिवर्तन हुँदा योजना तथा नितिहरूको कार्यान्वयनमा समस्या आउने गरेको सहभागी स्थानिय तहका प्रमुखहरूको भनाइ छ।
कार्यक्रमको अन्त्यमा सिन्धुपाल्चोकको तर्फबाट गोष्ठीको निष्कर्षहरूलाई समेटी प्रतिवद्धता पत्र जारी गर्ने घोषण समेत गरिएको थियो, जसले आगामी दिनमा समाजवाद उन्मुख स्थानीय शासन प्रणाली निर्माणतर्फ सघाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्