चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका भित्र बसोबास गर्ने ३० वर्षदेखि ४९ वर्ष सम्मका महिलाहरुमा पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर सञ्चालन भइरहेको छ ।
नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो रहेको छ । यसै कुरालाई मध्यनजर गर्दै नगरपालिकाले पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर सञ्चालनमा ल्याइएको नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनु भयो ।
पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच ख्क्ष्ब् परिक्षण शिविरमा गरिने र आवश्यकता अनुसार उक्त शिविरमा थर्माेकोगुलेसन विधि मार्फत उपचार समेत गरिने व्यवस्था गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले गर्नु भयो साथै नगरपालिकाले आयोजना गरेका यस्ता शिविरहरुमा आई मौकाको फाइदा उठाइ पाठेघरको मुखको क्यान्सर हुन बाट जोगिन सबैलाई आहवान समेत गर्नुभयो।
उक्त शिविर वडा नं १३ मा सम्पन्न भएको छ । जसमा १०७ जनाले सेवालिएका छन भने वडा नंं. ६ मा १३ गते, वडा नं. ४ मा १४ गते, वडा नं.९ मा १६ गते, वडा नंं.१ मा १८ गते, वडा नं.२ मा १९ गते, वडा नं.८ मा २० गते, वडा नं.५ मा २१ र वडा नं १० सुकुटेमा २२ गते सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्