चौतारा, सिन्धुपाल्चोक — बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद्को सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा ३९० घण्टे निःशुल्क ब्युटीपार्लर तालिम सुरु भए संगै सोमबार तालीममा सहभागी प्रशिक्षार्थीहरूले चोैतारा वृद्धाश्रममा पुगी त्यहाँका वृद्ध आमाबुबाहरूको सरसफाइ गरेका छन्।
स्थानीय महिलाहरुलाई स्वरोजगारमूलक सीप प्रदान गर्ने उद्देश राखेको यो कार्यक्रमलाई समाज सेवा संग जोडेर लैजान यो कार्यको सुरूवात गरिएको आयोजकहरूको भनाई छ। तालिममा ब्युटीपार्लर व्यवसायसँग सम्बन्धित आधारभूतदेखि व्यावसायिक सीपहरु प्रदान गरिएको र यसले भविष्यमा युवाहरूलाई व्यवसायीमुखी बनाउने विश्वास समेत आयोजकहरूले लिएका छन्।
सामाजिक कार्यमा जोडिन पाउदा सहभागीहरूले पनि खुसी व्यक्त गरेका छन् भने यस्तो कार्यक्रम वृद्धाश्रममा मात्र नभई विभिन्न विद्यालयहरूमा पनि सञ्चालन गर्दै आइरहेको जानकारी तालिमका प्रशिक्षक सन्तोशी पराजुलीले दिइन्।
प्रतिक्रिया दिनुहोस्