२०८२ असार २
                           

हत्या आरोपमा सिन्धुपाल्चोकका पाँच जना पक्राउ

काठमाडौंमा भएको एक हत्या घटनामा संलग्न रहेको आरोपमा पाँच जना व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं. ६ निवासी दिपेन्द्र भुजेलसहित अन्य चार जनालाई नियन्त्रणमा लिएको छ।

३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या घटनासँग सम्बन्धित रहेको भन्दै गोकर्णेश्वर नगरपालिका–१ निवासी रामेछाप सुनापति गाउँपालिका–४ निवासी २९ वर्षीय प्रविण तामाङ, गोकर्णेश्वर नगरपालिका–२ निवासी सर्लाही बागमती गाउँपालिका–३ निवासी समिर वाईवा तामाङ, अभिसेक वाईवा तामाङ, तथा काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका–७ निवासी अनुराग तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले घटना बारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्