सिन्धुपाल्चोक । जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले चौताराले उचालेको छ ।
चौतारा टुँडिखेलमा भएको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाले ३० स्वर्ण, २० रजत र ७ कास्य सहित उपाधि जितेको हो ।
१० स्वर्ण, ८ रजत र ८ कास्य पदक जित्दै बाह्रबिसे नगरपालिका द्वितीय र भोटेकोसी गाउपालिका ७ स्वर्ण, १० रजत र ८ कास्य पदकका साथ तृतीय भएको छ ।
सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगितामा भएको हो ।चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै मेयर सापकोटाले खेल क्षेत्रको विकासका लागि र खेलाडी क्षमता वृद्धिका लागि प्रतियोगिताले महत्पुर्ण भुमिका खेल्ने बताए । साथै खेल क्षेत्र र खेलाडीको हितमा सरकारले पनि लगानी गरिरहेको उनको भनाइ थियो ।
१२ पालीकामध्ये त्रिपुरासुन्दरी, पाँचपोखरी , लिसंखुपाखर, र सुनकोशी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाउन नआएको जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालले बताए ।
सुनकोशी गाउँपालिकाले यो वर्ष पालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितानै गरेन । प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, भलिबल, एथलेटिक्स र कप्पडी गरी ६ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्