२०८२ बैशाख १९
                           

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी

प्रेस सेन्टर नेपालमा पहिलो पटक निर्वाचत प्रक्रिया मार्फत पदाधिकारी छनोट गरिएको छ । चैत्र १६ गते देखि काठमाडौंको थापागाँउमा  भएको पाँचौं  राष्ट्रिय महाधिवेशनमा मुख्य पदहरुमै निर्वाचन भएको हो ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवहरुमा खुल्ला सचिव, महिला ,समावेशी, कोषाध्यक्ष, कर्णाली  र प्रदेश नम्बर १ को सचिवमा आईतबार राती निर्वाचन गरिएको हो ।

कमल गिरी ३६६ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उहाँका  प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी , महासचिव मनोज घर्ती मगर, उपमहासचिवस् ज्ञानप्रसाद पौडेल, खुला सचिव सुरेन्द्र चालिसे र सन्तोष देउजा ,महिला सचिव अन्जली थापा, समावेशी सचिव अवतार राई , कोषाध्यक्ष वसन्त गिरी , कर्णाली सचिव गणेशकन्चन भारती २९, प्रदेश नम्बर १ सचिव दिपेन्द्रकुमार राई निर्वाचित हुनुभएको हो ।

चैत्र १६ देखि काठमाडौंमा सुरु भएको महाधिवेशनले आधा पदाधिकारी निर्वाचन र आधा सर्वसम्मत चयन गरिएको हो ।  महाधिवेशनले ३ खुल्ला  उपाध्यक्षहरुमा लक्ष्मण खड्का, रामसिंह ठगुन्नार, विवेक गौतम , महिला उपाध्यक्षमा शान्ता अधिकारी, ,समावेशी उपाध्यक्ष दीपक श्रेष्ठ, उपमहासचिव महिला लक्ष्मी आचार्य , उपमहासचिव दलित हर्क बहादुर विक ,उपमहासचिव आदिवासी जनजाती बुद् लोप्चन सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

यस्तै पाँचौ राष्ट्रिय महाधिवेशनले भूगोल सचिव, विभिन्न समिति, समावेशी तथा खुल्ला केन्द्रीय सदस्यहरुमा  निर्विरोध निर्वाचित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्