२०८२ असार ३
                           

मृगौला पीडित इर्खुका विशाल रम्तेललाई १ लाख ३५ हजार सहयोग

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका ८ इर्खु पोखरे निवासी विशाल रम्तेलको दुबै मिर्गौला फेल भइ हाल वीर अस्पतालमा डाइलासिस गराइरहेको छ । पीडितको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा सहयोग पुर्याउने उद्देश्यले नगद सहयोग गरेको हो ।

गत माघ ८ गतेदेखि सहयोग रकम संकलन अभियान संचालन गरि स्वदेश तथा विदेशमा भएका सहयोगीहरुले सहयोग गरेका १ लाख ३५ हजार ९१ रुपैयाँ बाईस पैसा भएको अभियान्ता सन्तोष दङ्गालले बताए ।

सो रकम चौतारा बहुमुखी क्याम्पसका स्ववियु सभापति अमृत श्रेष्ठ लगाएत स्थानीय बुद्धिजीवीहरुको रोहवरमा मिर्गौला पीडितको घरमा पुगेर हस्तान्तरण गरिएको छ ।

रकम बुझ्दै मिर्गौला पिडित विशाल रम्तेलले गहभरी आँसु झार्दै अभियान सन्चालन गरेकोमा सन्तोष दङ्गाल र सहयोग गर्ने सम्पुर्णमा धन्यवाद समेत ब्यक्त गरे ।

साथै उक्त कार्यक्रममा आफुलाइ विश्वास र भरोसा गरेर सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै कसैको सानो सहयोगले पिडितलाई केही राहत महसुस हुने भएकाले सबैमा सहयोगको भावना हुनुपर्ने अभियान्ता सन्तोष दङ्गालले बताए ।

प्रतिक्रिया दिनुहोस्