२०८१ श्रावण १२
                           

२ दर्जन एमाले कार्यकर्ता माओबादी केन्द्र प्रबेश

चाैतारा/ चाैताराका २ दर्जन बढि युबाहरुले नेकपा एमाले पार्टी परित्याग गरि नेकपा (माओबादी केन्द्र) प्रबेश गरेका छन् ।
यसरी प्रबेश गर्नेहरुमा चाैतारा साँगाचाेकगढी नगरपालिका ४ र ५ नम्बर वडाका नेकपा एमाले सम्बद्ध युवाहरु रहेका छन् ।


माआेवादी प्रबेश गर्नेहरुमा राकेश श्रेष्ठ , साेमबहादुर श्रेष्ठ , रबि श्रेष्ठ , हेमबहादुर श्रेष्ठ , मनिष श्रेष्ठ , राजेन्द्र श्रेष्ठ , राम श्रेष्ठ , राजु श्रेष्ठ , कल्पना श्रेष्ठ , अम्मर बहादुर श्रेष्ठ , मानबहादुर श्रेष्ठ , अनुप श्रेष्ठ , इश्वर श्रेष्ठ , रमेश श्रेष्ठ , गाेपाल श्रेष्ठ, सन्ताेष सापकोटा , डम्बर बहादुर श्रेष्ठ , श्यामकुमार श्रेष्ठ , मिलन श्रेष्ठ , साेमबहादुर श्रेष्ठ , अस्मिता श्रेष्ठ , दिपक कसजु , रिता कसजु, मन्द्र नेपाली र राहुल खत्री रहेका छन् ।


नवप्रबेशी उनिहरुमध्येका राकेश श्रेष्ठले नेकपा एमाले जनताको पक्षमा काम नगर्ने कम्युनिस्ट आदर्स र सिद्धान्तबाट च्यूत भएकाेले माआेबादी प्रबेश गरेकाे बताए । उनले भने प्रचण्ड नेतृत्वको सरकारले चालेकाे भ्रष्टाचार बिरुद्धकाे कदम सहि र प्रभावकारी छ , अझै यसलाई निष्कर्षमा पुर्याउनु पर्दछ ।
आईतबार बिहान एक कार्यक्रमका बिच चाैतारा सागाचाेकगढी नगरपालिका पार्टी कमिटीले उनिहरुलाई प्रबेश गराएका हुन् ।
साे कार्यक्रम नेकपा(माअाेबादी केन्द्र) पाेलिटव्यूराे सदस्य एवं चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाकाे प्रमुख अातिथ्यतामा भएकाे हाे । सापकोटाले उनिहरुकाे पार्टी प्रबेशलाई माआेबादीकाे नीति र बिचार स्पष्ट भएकाे हुनाले सबैकाे आकर्षण माआेवादीप्रति रहेकाे र माअाेवादीकै एजेन्डामा देश अघि बढिरहेको बताएका छन् ।
उनले भने जनताको जीवनस्तर माथि उठाउन हरपल नगरबासीकाे सेबक बनेर काम गर्ने अठाेट गरिएकाे र यसमा युवाहरुकाे रचनात्मक साथ र सहयाेगकाे अपेक्षा गरिएकाे बताए । त्यस्तै साेही कार्यक्रममा पार्टी पाेलिटव्यूराे सदस्य एवं बागमती प्रदेश सरकारका भाैतिक याेजना तथा पूर्वाधार बिकास मन्त्री युवराज दुलाल शरदले नवप्रबेशीहरुलाई बधाई तथा शुभकामना मन्तव्य दिदै भने “सुशासन , बिकास र समृद्धिकाे नेतृत्व माआेवादीले नै गरिरहेकाे छ, हिजाेकाे आन्दोलनले राजनीतिक व्यवस्था त परिवर्तन भयाे तर, देशमा बिद्यमान रुपमा भ्रष्टाचार ,अराजक र राष्ट्र र जनताको भावना बिपरित गतिविधि माैलाएकाेले यस बिरुद्धकाे आन्दोलनमा जुट्नुपर्ने आजकाे आवश्यकता हाे ” ।
अझ उनले जाेड दिदै भने”चुनावी परिणामको हिसाले तेस्रो भएपनि परिबर्तनकाे संवाहक माआेवादी नै भएकाे जिकिर गरे ।
माअाेवादी केन्द्र चाैतारा नगरले अन्य पार्टी परित्याग गरि आफ्नो पार्टीमा प्रबेशकाे ढाेका सधै खुला रहेकाे नगरकमिटी अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्