२०८२ असार २
                           

कर्मचारी मिलन केन्द्रले जित्यो मैत्रीपुर्ण फुटबल

चौतारा । सिन्धुपाल्चोकको चौतारामा प्रजातन्त्र दिवसका अवसरमा बुधबार मैत्रीपूर्ण फुटबल खेल भएको छ । फाईनल खेलमा बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स टिमलाई १ गोल गर्दै कर्मचारी मिलन केन्द्र टिम वि ले उपाधी जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा कर्मचारी टिमका सौरभ सापकोटाले गरेको १ गोल नै उपाधिको लागि पर्याप्त भयो । खेल अवधिभर कर्मचारीलाई दबाबमा राखेपनि बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स क्लबले गोल गर्न गरेको पटक पटकको प्रयास असफल बनेको थियो ।

 

४ समुह सहभागी खेलमा पत्रकार महासंघ सिन्धुपाल्चोकलार्ई पराजित गर्दै कर्मचारी मिलन केन्द्र टिम वि र कर्मचारी मिलन केन्द्र टिम ए लाई पराजित गर्दै बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स समुह फाइनलमा पुगेका थिए ।

 

हरेक वर्ष झै यो वर्ष पनि प्रजातन्त्र दिवसका अवसरमा कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले मैत्रीपूर्ण फुटबल गरेको मिलन केन्द्रका सचिव बसन्त बहादुर खडायतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्