२०८२ बैशाख १८
                           

सिकाई मेलामा विद्यार्थीहरुको कला प्रदर्शन

गुन्सामा भएको सिकाई मेलामा गाउँपालिका भरिका विद्यालयहरू सहभागी भई शैक्षिक सामग्री प्रदर्शन गरेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा श्री सातकन्यामती माध्यामिक विद्यालयको प्राङगणमा सिकाई मेला भएको हो ।

सोमबार गरिएको मेलामा २४ विद्यालयले स्टल राखेका थिए । विज्ञान प्रविधि र कलाको प्रबद्र्धन संगै युग सुहाउँदो शिक्षालाई आत्मसाथ गर्दै गरिएको सिकाइ मेलामा विद्यार्थीहरूले विज्ञान, गणित अंग्रजी र सामाजिक विषयसँग सम्बन्धित प्रयोगात्मक कलाहरू प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले सिकाई मेलाले बालबालिकाहरुको शृजनशिलतालाई टेवा पुराएको बताउदै यो कदम शिक्षा क्षेत्रमा एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताए । सकाई मेलामा विद्यार्थीहरुले प्रयोगात्मक कलाहरू प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्