एकिकृत अखिल नेपाल शिक्षक संगठन जुगल गाउँपालिका को तेस्रो सम्मेलन अध्यक्षमा फिरोज सिलवाल नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन जुगल गाउँपालिका को तेस्रो परिषद भेला शनिवार रत्न राज्य मावि को सभाहलमा सम्पन्न भएको छ ।
संगठनका जुगल गाउँपालिका अध्यक्ष दिलनाथ अधिकारीको अध्यक्षतामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवलय सदस्य चन्द्र सापकोटा रविको प्रमुख आतिथ्यता र जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो , नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य पदम बहादुर आक्रोस लगाए्तको उपस्थितिमा भेला सम्पन्न भएको हो ।
फिरोज सिलवालको अध्यक्षतामा २५ जनाको पालिका समिति चयन गरेको छ । जसकोपालिका सचिवमा जीवन तामाङ, कोषाध्यक्षमा शिव सिलवाल सहित २५ सदस्सीय पालिका कमिटि गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्