काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्ने भएको छ । पौष १२ गते राष्ट्रिय नाचघर जमलमा कार्यक्रम तय भएको संघले जनाएको छ । देशभरका फोटोग्राफरलाई उक्त अवार्डमा सहभागी हुन अनुरोध गर्दै पौष १२ गते विशेष कार्यक्रम सहित अवार्ड वितरण गरिने आयोजक संस्थाले जनाएको छ ।
अवार्ड वारे जानकारि दिँदै संघका प्रतिनिधि कृष्ण पराजुलीले भने, – ‘अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् । विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन् ।’
फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागि धधध.पउब.यचन.लउ मा गुगलफर्म भर्नुपर्ने आयोजकले जानकारी दिएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य नेपालका विवाह परम्पराको कला, संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मान गर्नु नै रहेको काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए ।
अवार्ड सकिएको भोलिपल्ट नै राष्ट्रिय कला परिषद्, बबरमहलमा फोटो प्रदर्शनी पनि आयोजना गर्न लागिएको घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस्