नरेन्द्र जंङ्ग पिटर । काठमाण्डुमा हुने साहित्यिक कार्यक्रममा प्राय भेटिरहने गोपाल गुरु भन्नुहुन्थ्यो– म त हर्टको विमारी, २ पटकअटेक भै सक्यो, अब त होसियार हुँनु पर्छ । जताततै होहल्लामा हिडन र बहसमा उल्झिन हुँदैन” । हिजोसम्म सकृय हुँन सक्दिनँ भन्ने गोपाल गुरु आज त सबैलाई झुक्याउदै, छल्दै संसारबाटै सक्रिय मात्रै हुँनुभएन, उड्नु नै भै सकेछ । कहाँ जानु भो ? कसैलाई अत्तोपत्तो नै दिनु भएन । अब त कीर्तिशेष मात्रै रह्यो । उहाँलाई परिवारले, नातेदारले, दौतरीले, सहकर्मीले, संगातीहरुले, विद्यार्थीहरूले र पाठकहरूले भिन्नभिन्नै तरिकाले अब बुझने भए । सबैका आआफ्नै स्तर र संवेदनाबाट बुझने छन् । पात्रको पात्रता अनुसारै फरकफरक भावना व्यक्त हुने छन् ।
नयाँ बानेश्वरदेखी मध्यवानेश्वर, मिलन चौकसम्म प्रायजसो पूर्व उच्च कर्माचारीहरुसंग प्रायजसो साँझविहान हिडिरहेको भेट्न सकिन्थ्यो । मर्निङवाकका साथीहरूसँग मेरा प्रकाशित लेखहरू देखाएर यो मेरो चेलाको लेखभन्दा गौरवान्वित हुनुहुँदो रहेछ । मेरा पत्रिका लेख, र टिभी अन्तरवार्ता आएपछि खुशी हुने र पहिलो प्रतिकृया दिने गुरुले एकदिन भन्नु भो– धेरै कुरा गर्न छन् । तिमीजस्तो चेला पाएपछि हरेक गुरुहरू धन्य मान्छन् । बुझयौ, दुलाल बाबु … हरेक गुरुहरू आफ्ना शिष्यले आफूलाई जितोस् भन्ने चाहन्छन् । संसारमै ज्ञान, विज्ञानको विकास यसै गरी हुँने गर्छ ।” यति चाँडै कालले छक्याउला भन्ने होसै भएन । गुरुको मृत्युवाचन चेलाले गर्नुपर्दा आफै भावनात्मक भइन्छ ।
अरनिको राजमार्गबाट शहर गाँउमा पस्यो तर भमरकोट पराजुलीराजमार्ग (कृष्णप्रसाद पराजुली र गोपाल पराजुली ) हुँदै विश्व यात्रा गर्यो । पाँचखालले भमरकोटलाई पचाउन खोजे पनि भमरकोटको गौरवता धान्ने अगुवामा ज्याम्देली पराजुली बन्धु परे । उनीहरु नेपालीभाषी पाठकहरूका आँगनमा मात्रै पुगेनन् ढोका घच्घच्याएर घर भित्रै पसे पनि । मान्छे त मर्न सक्छ, लेखक जिउँदोमै जति समीक्षित हुन्छ अझ मृत्युपछि झन समीक्षाबाट गुज्रिन्छ । श्रष्ठाका विषय चयन पक्षधरताका सुरुवात हुन्छन । साहित्यिक क्षेत्रमा उहाँका पक्षधरिता उहाँका कृति बकपत्र हुँन । निजामती कर्मचारी भएर कलम चलाउनु ज्यादै सकस पथ्र्यो होला । तब त समय पहिल्यै अवकास लिनुप¥यो । जनकशिक्षा सामाग्री केन्द्रबाट जागिर सुरुगरेका गोपाल गुरुले संसद सचिवालय र प्रधानममन्त्री कार्यालयमा रहेर सत्ताको चाल, चरित्र राम्रै बुझने मौका पाए । जव कलम सत्ताको बैसाखी बन्छ तव उसका विधागत अभिव्यक्ति साहित्यका भिन्न विधा रोज्छन् होला । लेखक पराजुलीबन्धुहरुका पनि यिनै सकस हुन सक्छन् । व्यक्तिबाट व्यक्तित्वमना फेरिएका अन्य भमरकोटेलाई भने कर्ममा मात्रै नभै मृत्युमा पनि पराजुलीबन्धुहरुले उछिने ।
कसैको विषयमा अध्ययन गर्न उ जन्मिएको समय, राजनीतिक अवस्था, सामाजिक विश्वास र परिवेश, पारिवारिक अवस्थाले प्रभाव पार्छ । गोपाल गुरु नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक उथलपुथलको समयमा जन्मिए । ०७ सालको क्रान्तिमा ९ वार्षिय चङ्खबालकले पूर्वबाट आएका मुक्ति सेना देख्यो । साहु र जिम्मावालहरूका हाहाकार देख्यो । हली, गोठाला भनिएका दनुुवार र तामाग जागेको देख्यो । पहिलो संसदिय चुनावमा हात उठाएर धुलिखेलको टुडिखेलमा मतदानहुँदा ऊ १७ वर्षको भैसकेको थियो ।
जिज्ञासा र चेतनाको हुटहुटीले मान्छेलाई लेखक, कवि, कलाकार र पत्रकार बनाँउछ । ८४ वर्षीय ( नागरिकतामा २००२ भएपनि उहाँको वास्तविक जन्म १९९८ मा भएको हो) सक्रिय जीवन बिताएको समय जिन्दगीको सामान्य थिएन । एक शताब्दीमा गाउँघर, समाज देश, काल, परिस्थिति, चालचलन, मान्यता र राजनीति फेरिरहेका थिए । परिवेशले बुझाई पनि नयाँ बनाउदै लैजान्छ । सूचना र ज्ञान र अनुभवले मान्छेलाई मात्रै तिर्खादैन्, पहिलाको बुझाई परिमार्जन पनि गर्छ । मान्छे नित्य नयाँ बन्ने प्राणी हो । ज्ञान र विज्ञानको बुझाईसँगै परिवेश र अभ्याससँग विश्वासका क्षेत्र पनि फेरिँदै र फैलिँदै जान्छन् ।
जगताक्षेत्र कुनै समय सत्ताको कर उठाउने ठाँउ थियो भने पूर्वजाँने मुल बाटो पनि । खावा (खेवा) भन्ज्याङ काटेर बटुवा मात्रै हिडदैनथे, विद्याका प्यासाहरु पनि माने डाँडा (च्यान डाँडा) काटेर गौखुरेस्वर हुँदै सञ्जीवनीका शिक्षादीक्षा लिन पुग्थे । हामी पनि त्यही पदचिन्ह पछ्याउदै हिँडियो । कर्मकाण्डी बाहुन परिवारमा जन्मेका गोपाल गुरुले गोगनपानीको कुवाको पानी खाएर उर्वरा दिमाग अर्जापेका थिए । राजनीतिक परिवर्तनसंग महेन्द्र रोड ( राजाको १४सालको घोडचढीको बाटो ) समय घर्कंदै गएपछि आधुनिकता लिएर आएको कोदारी जाने मूलबाटो बन्यो । बाटोले गाँउमा शहर पस्यो । सहरसँगै सोच नै फेरिदियो ।
धुलिखेल स्कुल जानुपहिला पनि तीनधारा पाठशाला पढ्न जाने भमरकोटेहरु रत्नप्रसाद लामिछाने, पुष्पराज ढुंगानाहरु नभएका हैनन् । लाइब्रेरी पर्वमा “दण्डित” कृष्णप्रसाद खतिवडा पनि अनेकोट कै थिए । तर, नजिकै (धुलिखेलमा) अध्ययन गर्ने पहिलो पँग्तीमा गोपाल पराजुली र शङ्कर काप्mलेहरु हुँन ।
बत्तीमुनिको अँध्यारो र शहरको सेपमा परेको भमरकोटले शहर यात्रा अरनिको राजमार्गबाट भयो । गोपाल गुरुले देशविदेशको प्रत्यक्ष अनुभूति सँगाले । उनले पहिलो संसदिय काल खण्ड देखे । पञ्चायत, बहुदलमा त सत्ताको भित्री भागमै रहे । गणतन्त्र समेत भोगे । सत्ता प्रतिष्ठानमा निकट भएर अनुभूत गरे । गाँउले जीवनबाट शहरिया बने । २४सालमै रचना प्रकाशित गरेका गोपाल पराजुली आखिर छचल्किएका दिमाग, उर्लिरहेका भावहरू अक्षरको चित्रकार बनेर साहित्यिक परिचयमा मात्र अब ज्यूदो रहनेछन् ।
मृत्युले जीवनको समग्र मूल्याकंन गर्छ । तर त्यो मूल्याकंन भने वक्ताको स्तर र स्वयं विश्वासको आधारमा हुन्छ । प्रश्नपत्र जस्तो नै हो जिन्दगी, जसका उत्तरहरू न एकनास हुन्छन, न सकिँदोरहेछ ।
०००००००००००००००००००
टाइमलाइनमा गुरु
–जन्मः भमरकोट, जगताटोल, १९९८ (नागरिकतामा साल जेठ ९गते)
–शिक्षक चन्देनी प्रावी । उहाँ विहान पढाएर दिँउसो पढन जानुहुन्थ्यो ।
–कर्मचारीः जनक शिक्षा सामाग्री केन्द्र र रिटायर्ड प्रधानमन्त्री कार्यालय,
–लेखक पहिलो प्रकाशित यात्रा स्मरण (वालक पत्रिका २०२४)
–प्रकाशित कृतिहरू
१) केही राष्ट्रिय विभूति भाग १ देखी ३ सम्म २) जीवन गाथाः ५ प्रसिद्ध वैज्ञानिक भागः १ देखी ६ सम्म, नानीको बानी, हाम्रो केही प्रसिद्ध साहित्यकार, नानीका बानी ( बाल निबन्ध सङ्ग्रह, समयका डोबहरू ( कविता सङ्ग्रह ) पच्चीस प्रतिभा १ देखी ८ भागसम्म National hero of Nepal litrscy icon of NEpal 1-2
–कृति सङ्ख्या २८ रहेका छन ।
–मृत्युः मध्य बानेश्वर, मिलनचौक, २०८१ साल कार्तिक २० गते मङ्गलवार ५ बजेर ३० मिनेट ।नेपाली नियति अनुसार उहाँको पनि पार्थिव शरीरले ३ दिन अमेरिकामा रहेको छोरा कुर्नु प¥यो
००००
हरेक व्यक्तिको परिचय फरकफरक भूमिकामा भिन्नाभिन्नै हुन्छन् । मूल परिचयनै जीवनको परिचय बन्ने गर्छ । मूल्याङ्कनकर्ता र व्यक्तित्वको संवेगात्मक नजदिकता व्याख्यामा हुन्छन् । व्यक्तिलाई चिन्नु र बुझनु आफ्नै चेतना र ग्रहण क्षमतामा भर पर्छ । त्यसै अनुसार व्यक्तिका सदगुण वा दुर्गुण पनि बुझन र अनुभूत गर्न सकिन्छ । अझ स्मृतिशेष व्यक्तित्वको मूल्याङ्कनमा यर्थात भन्दा भावना प्रधान हुन्छन् । हरेक व्यक्तित्वको जीवनका दुई पाटा हुन्छन । सार्वजनिक पाटो र नितान्त निजात्मक भूमिका । केलाई महत्वदिँने मुख्य कुरा हो । मुख्य परिचय के बन्यो र समाजले उसलाई किन र कसरी सम्झने भन्ने महत्वपूर्ण पक्ष हो । समाजलाई सार्वजनिक परिचय नै प्रमुख हुन्छ । निजी पक्षले परिवार, नातेदारसँग मात्रै सरोकार राख्छ । समाजलाई त्यो सहायकपक्ष मात्र हो ।
मृत्युका एउटै भाष्य हुन्छ– प्राणीले यो धर्ती छोड्ने अन्तिम क्षण । जन्म र मृत्युको जुम्ल्याहा भाइ हुन । छायाँलाई त वस्तु र प्रकाश चाहिन्छ तर मृत्यु छायाँ भन्दापनि नजिक रहेर जीवन यात्रा गर्छ । मृत्युको कुनै तिथिमिति पात्रोले किटान हुँदैन, न घुस खान्छ, न रोदन सुन्छ, न केही थप आयु चाहियो भन्दा उमेर धकेलिन्छ । जन्मको सगोत्री मृत्यु कहिले, कहाँ, कसरी र कुनबेला बत्ती निभ्ने हो, कसैले पत्तै पाँउदैन । अस्पतालमा अर्जापेर दीर्घजीवी हुन सकिँदैन, भाकल गरेर आराध्यदेवसँग बक्सिस माग्न सकिँदैन । मृतकलाई मृत्युका पीडा के कस्ता हुन्छन भनेर अनुभूति भन्ने मरेपछि कोही पनि फर्केर आएका छैनन् । मृत्यु, आफै सशरीर समाप्त हुनु हो तर कृति भने अजम्बरी हुन्छ । अलबिदा गोपाल गुरु ।
प्रतिक्रिया दिनुहोस्