आजबाट सिन्धुपाल्चोक प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागु गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जिल्लामा मुख्य बजार एरियामा आजदेखि चाडपर्व लक्षित सुरक्षा योजना प्रारम्भ गर्ने बताए ।
उनका अनुसार चौतारा, बाह्रबिसे, खाडिचौर , मेलम्चि लगायत मुख्य बजार एरिया तथा जिल्ला भित्रिने र बाहिरिने सम्पुर्ण नाकाहरुमा २४ सै घण्टा चेकप्वाइन्ट राखी चेकजाँच गरिनेछ । यस्तै ठाँउ–ठाँउमा मादक पदार्थ, लागु पदार्थ सेवन न्यूनिकरण गर्न सरप्राइज चेकिङ गर्नेछ ।
यसैगरी चालकका कारण हुने सम्भावित दुर्घटना कम गर्न जिल्लाभर ५ स्थानमा च्भाचभकज ऋभलतभच (मेलम्ची, वाह्रविसे,ठुलोपाखर , बन्देउ र चौतारा) सन्चालन गरी सवारी चालकलाई विश्राम गर्न लगाईने भएको छ । सादा पोशाकमा प्रहरी खटिने छ ।
आर्थिक चहलपहल बढी हुने वैंक वित्तिय संस्थाहरु रहेको स्थानमा प्रहरीको निगरानी बढाउने र सुनचाँदीका गरगहना लगायत अन्य बहुमुल्य सामानहरुको कारोबार हुने स्थानहरुमा प्रहरी परिचालन गर्ने उपरिक्षक खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्