२०८१ आश्विन २६
                           

जुगल गाउँपालिकामा दुई दिने दन्त शिविर संचालन हुने

सिन्धुपालचोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा दुई दिने दन्त शिविर संचालन हुने भएको छ । शिविर असोजको पहिलो साता ७ र ८ गते संचालन गरिने पालिकाले जनाएको छ ।

दुई दिन संचालन हुने शिविरमा दाँत निकाल्ने, दाँत मिलाउने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने र रक्तचाप, सुगर तथा तौल जाँच गरिने जनाएको छ ।

शिविरको पहिलो दिन अर्थात असोज ७ गते विहान ८ः३० देखि साँझ ५ बजे सम्म गाउँपालिकाको कार्यालय चनौटेमा संचालन हुने जनाएको छ भने असोज ८ गते सोही समयमा नवज्योति आ.वि कात्तिके बजारमा संचालन गरिने छ ।

शिविर महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाज, चौताराको आयोजना तथा जुगल गाउँपालिकाको समन्वयमा संचालन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्